नयाँ बन्ने सार्वजनिक भौतिक संरचनाहरू अपाङ्गमैत्री बनाइने

0
Shares

अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् ।

नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रुपले उपलब्ध हुनुपर्नेलगायतका माग राखेका थिए । उनीहरुले शर्मा गृहमन्त्री हुँदा अपाङ्गतगा भएकाहरुको लागि महत्वपूर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन हुने आशा व्यक्त गरेका छन् ।

प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिए ।
उनले घाइते तथा अपाङ्गता भएकाहरुको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोशिस भइरहेको जानकारी समेत दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहिबार  १४ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।