फस्ट माइक्रोफाइनान्सको ३ लाख बढी संस्थापक शेयर लिलामीमा

0
Shares

फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १९ हजार ४१० कित्ता शेयरमा बिहीबारदेखि लिलामी खुला भएको छ ।

आईसीएफसि फाइनान्सको स्वामित्वमा रहेको उक्त संस्थाप शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याइएको हो ।

उक्त लिलामी शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा कम्पनीहरुले भदौ २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लिलामी शेयरको मूल्य बोलकबोल मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ । यसअनुसार बोलपत्रदाताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो धितोपत्रको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

ग्लोबल आइएमई बैंकले पनि ८० हजार ५०० कित्ता बेच्दै

उता ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स कै ८० हजार ५०० कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा ल्याएको छ ।

बैंकले प्रतिकित्ता ३०० अंकित मूल्य तोकेर साउन २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न पाउनेगरी लिलामी खुला गरेको छ । यसमा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य तोकर बोलपत्र पेश गर्न सक्नेछन् भने शेयर खरीदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म बोलकबोल गर्न सकिनेछ ।

यो शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहिबार  १४ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।