एनआईसी एशिया क्यापिटल लिमिटेडले ९ करोड ६० लाख रुपैयाँ बराबरको लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित भदौ १३ गते आइतबार पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
मर्चेन्ट बैंकिङ क्षेत्रमै आव २०७७।७८ को साधारणसभा आह्वान गर्ने पहिलो कम्पनी एनआइसी एशिया क्यापिटलले आफ्नो चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) लाभांश अनुमोदन गर्न लागेको हो । अघिल्लो आव२०७६।७७ मा क्यापिटलले १८ प्रतिशत लाभांश वितरण गरेकोमा पछिल्लो वर्षमा ३० प्रतिशतले लाभांश वृद्धि गरेको हो ।
एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व रहेकाले क्यापिटलले वितरण गर्ने सम्पूर्ण लाभांश बैंकले प्राप्त गर्नेछ ।
एनआइसी एशिया क्यापिटलको साउन २२ गते सम्पन्न संचालक समितिको ९४ औं बैंठकले क्यापिटलको, रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजे बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०७७।०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने लगायतका अन्य प्रस्तावहरु उपर छलफल गरि पारित गर्नेछ ।
छिटो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एशिया क्यापिटल लिमिटेडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, म्युचुअल फण्ड, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया