सहारा विकास बैंक (SHBL) ले रोकिएको तीन आर्थिक वर्षको साधारण सभा आगामी भदौ १२ गते शनिबार एकैपटक डाकेको छ ।
बैंकले आर्थिक वर्षहरु २०७४/७५, २०७५/७६, र २०७६/७७ गरी तीन आर्थिक वर्षको साधारण सभा सलार्ही मलंगवामा रहेको कुसुम एण्ड पार्टी प्यालेसमा बोलाएको हो ।
बैंकले साधारण सभामा गरिमा विकास बैंकमा १ बराबर १ अनुपात शेयर स्वाप रेसियोमा प्राप्ति हुने विशेष प्रस्ताव राखेको छ । यसअघि विसं २०७४ जेठमा हाल कुमारी बैंकमा विलय भएको साविकको देवः विकास बैंकसँगको मर्जर सम्झौता गरे भाँडिएपछि विलय प्रकृया नै अलपत्र परेको थियो ।
राष्ट्र बैंकले फोर्स मर्जर प्राप्तीमा जान निर्देशन दिएपछि बैंक गरिमासँग विलय हुन लागेको हो । मर्जरका कारण बैंकको शेयर कारोबार सोही बेलादेखि नै नेप्सेमा रोक्का रहेको छ । तीन वर्षयता बैंकको शेयरमा लगानी गरेका लगानीकर्ताको सम्पत्ति मर्जरका कारण नै बन्धक बनेको छ । अब गरिमासँगको एकीकृत कारोबार पछि मात्र बैंकको शेयर कारोबार खुल्नेछ ।
बैंकको शेयर कारोबार विसं २०७४ जेठ २५ गतेपछि रोक्का रहेकाले सो मितिसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
बैंकको संस्थापक र साधारण दुबैतर्फका शेयरधनीले सो मितिपश्चात वितरित बोनस पछि कायम हुने शेयर संख्या अनुसार नै गरिमा विकास बैंकको शेयर पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया