यो साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाला सुन तोलाको १ हजार ५०० रुपैयाँ र तेजावी १ हजार ४५० रुपैयाँ र चाँदी तोलाको २५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य भाउ तोलाको ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २४० रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया