गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको साउन २४ गते सम्पन्न सञ्चालक समितिको १७३ औं बैठकले चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद गरी ५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यसअनुसार कम्पनीले चुक्ता पूँजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।.८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश प्रस्ताव नियामक निकाय बीमा समितिबाट अनुमोदन भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।
गुराँस लाइफ इन्स्योरेन्सको आइतबार नेप्सेमा प्रतिकित्ता ८०६.५० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया