साल्ट ट्रेडिङ्गको व्यापार बढेपनि घट्यो नाफा, ईपीएसमा उच्च गिरावट

0
Shares

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा भन्दा झण्डै २५ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ खुद नाफमा गरेको थियो।

कम्पनीको बिक्री आम्दानी सामान्य बढेपनि बिक्री लागत तथा कर्मचारी र प्रशासनिक खर्च बढेका कारण खुद नाफा घट्न पुगेको देखिन्छ।

कम्पनीले आर्जन गरेको नाफाका आधारमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २०.८० रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १४ पैसाले घटेको हो । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ४५५ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७३.५९ गुणा रहेको छ।

कर्पोरेशनले गत वर्षमा कूल १० अर्ब ४० करोड ३५ लाख रुपैयाँको कारोबार गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ९ अर्ब ७४ करोड १५ लाख रुपैयाँ कारोबार गरेको थियो । कम्पनीको काराबोर ६.८० प्रतिशतले बढेको हो। यस्तै कम्पनीले अन्यस्रोतबाट ७४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

गत आर्थिक वर्षमा २० प्रतिशतले पूँजी बढाएको कम्पनीको चुक्तापूँजी २३ करोड ४ लाख रुपैयाँ छ । जसको जगेडाकोषमा एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ श्रावण २०७८, मंगलबार  ०७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।