राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले सरकारबाट सदनमा प्रस्तुत श्वेतपत्रमा पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक असरलाई आधार मानेर त्यसभन्दा अघि र पछिका वर्षको तुलना गरिनु उपयुक्त नभएको बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबार संसद्मा प्रस्तुत गरेकोश्वेतपत्रमा गलत तथ्याङ्क राखिएको डा कँडेलको आरोप छ । सामान्य अवस्था र देशै ठप्प भएको असामान्य अवस्थासँग तुलना गरेर नयाँ सरकारले तथ्य बङ्ग्याएर यो श्वेतपत्र जारी गरेको उनले बताए ।
सार्क राष्ट्र सबैको आर्थिक वृद्धिदर घटेको जनाउँदै उनले यो वर्ष पनि अपेक्षाअनुसार आर्थिक वृद्धि हुने सम्भावना नदेखिएको बताए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया