मौद्रिक नीति मार्फत रिपो रेटमा वृद्धि, करिडोरको तल्लो दर बढेर २ प्रतिशत

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशालाई सन्तुलित रुपमा ल्याएको छ । केन्द्रीय बैंकले निवर्तमान सरकारले अध्ययादेश मार्फत ल्याएको बजेटलाई नयाँ सरकारले प्रतिस्थापना गर्ने भएपछि ल्याएको मौद्रिक नीतिले कोरोनाका कारण अस्तव्यस्त अर्थतन्त्रलाई उकास्न सन्तुलित कार्यदिशा लिएको हो ।

मौद्रिक नीति अनुसार केन्द्रीय बैंकले नीजि क्षेत्र तर्फको कर्जा प्रबाहदरलाई घटाएको छ । गत आर्थिैक वर्षको मौद्रिक नीतिले २० प्रतिशत तोकेको नीजि क्षेत्रको कर्जा २८ प्रतिशत पुगेको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिले १९ प्रतिशतको सीमा तोकेको छ । मौद्रिक नीतिले चालु आवमा पनि विस्तृत मुद्रा प्रदायक भने १८ प्रतिशतलाई नै निरन्तरता दिएको छ ।

चालु आर्थिक वर्षमा ६.५ प्रतिशतको सीमा भित्र मूल्य वृद्धि कायम गर्ने प्रक्षेपण गरेको मौद्रिक नीतिले नीतिगत दरको रुपमा रहेको रिपो रेट बढाएको छ । राष्ट्र बैंकले ३ प्रतिशत रहेको रिपो रेटलाइ बढाएर ३.५ प्रतिशत बनाएको हो । त्यसैगरी बैधानीक तरलता अनुपात तथा नगद सञ्चिती अनुपातमा पनि कुनै परिवर्तन भएको छैन ।

त्यसैगरी ब्याजदर स्थिायीत्व हुने गरी तरलता व्यवस्थापन गर्ने नीति अबलम्बन गर्ने बताउदै गभर्नर महा प्रसाद अधिकारीले ब्याजदर करिडोरको माथिल्लो सिमालाई यथावत राख्दै तल्लो सिमाको रुपमा रहेको निक्षेप संकलन दरलाई एक प्रतिशत बाट बढाएर २ प्रतिशत कायम गरेको जानकारी दिए । खुला बजार व्यवस्थालाई थप सक्रिय बनाई व्याजदर करिडोर प्रणालीलाई थप प्रभावकारी बनाइने गभर्नर अधिकारीले बताए । बैंक तथा वित्तीय संस्थाले कायम गर्नु पर्ने बैंधानिक तरलता अनुपात भने कुनै परिवर्तन भएको छैन् ।

राष्ट्र बैंकले समष्टिगत आर्थिक आवश्यकता आधारमा मौद्रिक व्यवस्थापन गर्दै जाने जनाएको छ । केन्द्रीय बैंकले वित्तीय स्रोतको परिचालनको दायरा फराकिलो बनाउदै उत्पादन अभिवृद्धि र रोजगारी सृजना, उद्यमशीलता विकास र समावेशी आर्थिक लक्ष्य हासील गर्न लक्षीत गरिने गभर्नर अधिकारीले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ श्रावण २०७८, शुक्रबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।