अर्थमन्त्री जर्नादन शर्माले शेयर बजारका लगानीकर्तालाई आफुले शेयर बजार घटाउने गतिविधि हुन नदिने आश्वासन दिएका छन् ।
मौद्रिक नीति मार्फत एक व्यक्ति वा संस्थालाई बढीमा १२ करोड मात्रै शेयर धितोमा कर्जा दिने व्यवस्था हटाउन माग गर्दै अर्थमन्त्रालय पुगेका लगानीकर्ताका नेताहरुलाई मन्त्री शर्माले सो आश्वासन दिएका हुन् ।

नेपाल इन्भेष्टर फोरम र शेयर लगानीकर्ता संघ नेपालको एक प्रतिनिधि मण्डलले आइतबार अर्थमन्त्रीलाई भेटेर मौद्रिक नीति मार्फत शेयर धितोकर्जामा लगाइएको सीमा हटाउन माग गरिएका हुन् ।
भेटका क्रममा अर्थमन्त्री शर्माले मौद्रिक नीतिको व्यवस्थाले बजारलाई केहि प्रभाव पार्ने देखिएकमा यसलाई संशोधन गर्न सक्ने बताएको फोरमका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए ।
मन्त्री शर्माले १२ करोड भन्दा बढी शेयर धितोमा ऋण लिएका लगानीकर्ताहरुले दुई वर्षभित्र सीमामा ल्याउने व्यवस्था मौद्रिक नीतिले गरेको र यसकै कारणले बजारमा ठूलो असर परेमा जुनसुकै बेला पुनरावलोकन गर्न आफू तयार रहेको बताएको रौनीयारले भने ।
साथै अर्थमन्त्रीले लगानीकर्ताका समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति मार्फत गभर्नर महाप्रसाद अधिकारिले शेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्ने र एक बैंकबाट ४ करोड मात्रै लिन पाइने व्यवस्था गरेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया