सानिमा जनरल इन्स्योरेन्सको नाफा साढे ८ करोड

0
Shares

सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ करोड ६२ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५ करोड ५६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा ५५.०३ प्रतिशतले बढी हो ।

कम्पनीले १६ करोड ३४ लाख ३८ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २०.५८ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले १३ करोड ५५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले पुनर्बीमा कमिशन बापत १२ करोड ८६ लाख ६५ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा छ । जगेडा कोषमा ८ करोड ८५ लाख रुपैयाँ सञ्चित भएको कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ८४ पैसा छ । बीमा कोषमा ९ करोड ९७ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ४९ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीले २ हजार ९६ वटा दाबीवापत १८ करोड ५२ लाख रुपैयाँ भुक्तानी गरेको छ । एक हजार ५५२ वटा दाबी बापत २८ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले ७१ हजार २०३ वटा बीमालेख जारी ६५ करोड १७ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।