सिद्धार्थ इन्स्योरेन्सको नाफामा सामान्य सुधार

0
Shares

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार आएकोे छ ।

कम्पनीले गत आवको चौथो त्रैमासको अवधिसम्ममा ३० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको यहि अवधिको तुलनामा ०.७१ प्रतिशतले बढी हो ।

कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ३० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले उक्त अवधिसम्ममा ९२ करोड ४० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको यहि अवधिको तुलनामा १३.९३ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिमा कम्पनीले ८० करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले पुनर्बीमा कमिशनबाट ३५ करोड ३७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ छ । जगेडा कोषमा ३३ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२४.४७ रुपैयाँ छ । यस्तै, कम्पनीको बीमा कोषमा ९८ करोड ९१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।

हालसम्म १ लाख ७६ हजार ८८२ वटा बीमालेख जारी गरी २ अर्ब ३३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । १० हजार ५०६ वटा दाबी बापत १ अर्ब २६ करोड ६१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस्तै, कम्पनीले ८ हजार ७७ वटा दाबी बापत १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३२ श्रावण २०७८, सोमबार  ०९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।