किसान लघुवित्त (KLBSL) ले गत आर्थिक वर्षमा १४ करोड ९० लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको यसै अवधिमा ७६ लाख १३ हजार मात्र नाफा कमाएको लघुवित्तको नाफा १ हजार ८५८ प्रतिशतले बढेको हो ।
चुक्ता पूँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३७.९५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६७.६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.८५ गुणा छ ।
लघुवित्तको जगेडा कोषको आकार १४८ प्रतिशतले बढेर २४ करोड २५ लाख ९२ हजार रुपैयाँ रुपैयाँ सञ्चित भएको छ ।
असार मसान्तसम्ममा एक अर्ब १३ करोड दुई लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्था मार्फत ४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ८१ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले ४० करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी र १७ करोड ८२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
लघुवित्तको निष्कृय कर्जा अनुपात १.५३ ले बढेर ३.४६ प्रतिशत पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया