छिमेक लघुवित्तद्वारा पुरानो लाभांश संकलन गर्न अनुरोध

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) ले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश संकलन गर्न अनुरोध गरेको छ ।

कम्पनीले मंगलबार एक सूचना जारी गर्दै आव २०६९/७०, देखि २०७१/७२ सम्मको नगद लाभांश संकलन गर्न भनेको हो ।

शेयर धनीले उक्त लाभांश शेयर रजिष्ट्रार एनएमबि क्यापिटल, नागपोखरी, काठमाडौंबाट आवश्यक परिचयपत्र र कागजपत्रको प्रतिलिपि सहित ३० दिनभित्र संकलन गर्न सक्नेछन् ।

तोकिएको अवधिमा लाभांश संकलन नगर्ने लगानीकर्ताको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने लघुवित्तले जनाएको छ ।

कम्पनीका कतिपय शेयरधनीहरु अझैपनि लाभांश लिन नआएपछि कम्पनीले सूचना प्रकाशन गरेर नै लाभांश बुझ्न आग्रह गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार  १३ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।