राष्ट्र बैंकले त्रिविका विद्यार्थीलाई फेलोसिप दिने


नेपाल राष्ट्र बैंकले त्रिभूवन विश्व विद्यालय (टीयू) मा स्नाकोत्तर र एमफील अध्ययनरत विद्यार्थीका लागि बार्षिक रुपमा फेलोसिप दिने भएको छ । बैंकले अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर र एमफील अध्ययनरत विद्यार्थीलाई शोध तथा अनुसन्धान गर्न दिने भएको हो ।

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा मंगलबार नेपाल राष्ट्र बैंक र टीयू विच सहमती भएको हो । सझदारीपत्रमा बैंकका तर्पmबाट जनशक्ति व्यवस्थापन विभागका का.मु.कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामजी गौतमले हस्ताक्षर गरेका हुन ।

सो समझदारी अनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्पmका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ । साथै, बैंकमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारी पत्रमा उल्लेख छ ।

कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आपैmँमा सकारात्मक सुरुआत रहेको उल्लेख गर्दै यसले प्राज्ञिक शोध÷अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताए । आगामी दिनमा पनि यस्तो सहकार्यलाई विस्तार गर्दै जानुपर्नेमा उनले जोड दिएका छन् । कार्यक्रममा का.मु.कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध÷अनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरेका थिए । साथै, बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तो सहकार्य गर्ने बैंकको नीति रहेको जानकारी उनले दिए ।

कार्यक्रममा अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.अधिकारीले उक्त समझदारीसँगै विश्वविद्यालयको अनुसन्धान कार्यको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए । यसैगरी व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. गौतमले बैंक र विश्वविद्यालयबीचको समझदारीलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।