हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणमा आफ्नो जारी पूँजीको साढे १२ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको साउन ३२ गते सम्पन्न सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारण सभामा उक्त प्रस्ताव पारित गर्ने प्रस्ताव राखेको छ ।
कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सहित आईएमई ग्रुपको बहुमत शेयर स्वामित्व रहेको छ ।
सञ्चालक समितिको बैठकले भदौ २५ गते शुक्रबार आह्वान गरेको तेह्रौँ वार्षिक साधारण सभामा कम्पनीके जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुने रकम १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव गरिएको छ ।
सभाले गत आवको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र ३० प्रतिशत नगद लाभांश गरी ५५ प्रतिशत लाभांश वितरण गर्दैछ ।
कम्पनीले भदौ २५ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौरमा दिनको २ बजे भर्चुअल माध्यमबाट तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।
हाथवे इन्भेष्टमेन्टमा चन्द्र ढकालको सहोदर भाई हेमराज ढकाल एक्लैको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । यस्तै उवा संघ पूँजीबजार फोरम तथा नेपाल इन्भेष्टर्स फोरमका निर्वतमान अध्यक्ष अम्बिकाप्रसाद पौडेल लागयतको पनि कम्पनीमा स्वामित्व रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया