हाइड्रोबाट नाफा सुरक्षित गरेका लगानीकर्ताको बीमा क्षेत्रमा प्रवेश

0
Shares

पछिल्लो समय जलविद्युत, विकास बैंक र फाइनान्स कम्पनीको शेयरबाट नाफा सुरक्षित गरेका कारोबारीहरु बीमा कम्पनीको शेयरमा प्रवेश गरेका छन् ।

पछिल्ला दिनहरुमा बैंकिङ्ग र बीमा समुहका कम्पनीहरुको लगानी गरेका कम्पनीको मूल्य नबढ्दा निराश रहेका लगानीकर्ताहरु बिहीबारदेखि बीमा कम्पनीहरुको शेयरमुल्य बढ्न थालेपछि उत्साहित भएका छन् ।

विशेषगरी सबै जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७६।७७ को साधारण सभा गर्न बाँकी छ । एक्चुअरी भ्यालुयसनका कारण जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा अन्य कम्पनीको तुलनामा एक ढिलाई हुँदै आइरहेको छ । यसले पनि लगानीकर्तालाई बीमा कम्पनीको शेयरतर्फ आकर्षित गरेका हुन् ।

गत आर्थिक वर्षमा जीवन बीमा व्यवसाय २८ प्रतिशत र निर्जीवन बीमा व्यवसाय १९ प्रतिशतले बढेको छ । वित्तीय रुपमा सबल र नयाँ बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।

यता जलविद्युत् कम्पनीको शेयर मूल्य बढाउनकै लागि तथ्यहीन सूचना प्रवाह भएपछि विद्युतनियमन आयोगले लगानीकर्तालाई कम्पनीको वास्तविक वित्तीय विवरण हेरेर मात्र लगानी गर्न आग्रह गरेको छ । आयोगले निर्देशिका संसोधनको चरणमा नै रहेकाले नयाँ संसेधन लागू नभइसकेकाले पुरानै व्यवस्था लागू हुने भनेपछि हाइड्रोपावर सेक्टरमा बिहीबार करेक्शन आएको छ । जलविद्युतसँगै विकास बैंक र फाइनान्समा पनि आज करेक्शन देखिएको छ ।

बिहीबार १ बजेसम्मको अवधिमा जीवन तथा निर्जीवन बीमा सूचक करिब पाँच प्रतिशतका दरले बढेको छ । कारोबार रकमका आधारमा धेरै जदविद्युत कम्पनीको शेयरकारोबार भएपनि शेयरमूल्य बढ्ने कम्पनीमा अधिकांश बीमा कम्पनीहरु अग्र स्थानमा रहेका छन् ।

हालैमात्र दोस्रो बजारमा कारोबारान आएको जीवन विकास लघुवित्तपछि सानिमा जनरल इन्सयोरेन्स, युनाइटेड इन्सयोरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, एभरेष्ट इन्सयोरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र अजोड इन्सयोरेन्सको मूल्य ५ देखि ७ प्रतिशतसम्म बढेको छ ।

यस अवधिमा २२३ कम्पनीका १ करोड ८१ लाख कित्ता शेयर १२ अर्ब ६० करोडमा कारोबार भएको छ । जसमा सबैधन्दा धेरै अरुण काबेलीको ८७.७४ करोडको शेयर कारोबारमा आएको छ । अरुण भ्याली, नेशनल हाइड्रोपावरको पनि ६० करोड बढीको शेयर कारोबारमा आएको छ ।

दुई घण्टा अवधिमा कारोबारमा नेप्से १८.२९ अंकले बढेर ३२१६.८९ अंकमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ भाद्र २०७८, बिहिबार  १३ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।