कुमारी इक्वीटी फण्डको ५ प्रतिशत प्रतिफल वितरण

0
Shares

कुमारी इक्वीटी फण्ड (KEF) को ५ प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गरिएको छ ।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित उक्त सामुहिक लगानी कोष योजनाले इकाईधनीहरुलाई गत आव २०७७।७८ बाट ५ प्रतिशत प्रतिफल वितरण गरेको हो ।

योजनाले हितग्राही खातामा बैंकमा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामै लाभांश भदौ १ गतेदेखि प्रतिफल जम्मा गरेको हो ।

हालसम्म हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगरेका इकाईधनीहरुलाई बैंक खाता अद्यावधिक गराउन आग्रह गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ भाद्र २०७८, आइतबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।