एनआईसी एशिया बैंकले तीन कम्पनीको ७ लाख ४२ हजार संस्थापक शेयर बिक्री गर्दै, यो पटक बिक्ला ?

0
Shares

एनआईसी एशिया बैंक लिमिटेड (NICA) को स्वामित्वमा रहेको तीन ओटा कम्पनीको ७ लाख ४२ हजार ७७३ कित्ता संस्थापक शेयर भदौ ४ गते शुक्रबारदेखि लिलाल बढाबढमा बिक्रीमा ल्याएको छ ।

बैंकले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको ८६ हजार ३३९ कित्तासंस्थापक शेयर लिलामीमा ल्याएको हो ।

नागरिक लगानी कोषको लिलामी संस्थापक शेयरको न्यूनतम १ हजार ४१० रुपैयाँ, आरएमडीसी लघुवित्तको प्रतिकित्ता न्यूनतम मूल्य ६०३ रुपैयाँ, र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ५७६ रुपैयाँ, तोकिएको छ ।

इच्छुक आवेदकले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी भदौ १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।

नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्सको १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म र आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ता शेयर माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले यसअघि पनि धेरै कम्पनीहरुको संस्थापक शेयर लिलामी बिक्री गर्न खोजेपनि एकै पटकमा सबै शेयर बिक्री गर्न सफलता पाउन सकेको छैन। यो पटक लिलामीमा ल्याइएको सबै शेयर न्यूनतम मूल्यमा बिक्री भए बैंकले ६५ करोड बढी रुपैयाँ प्रिमियम संकलन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।  

प्रकाशित मिति: ६ भाद्र २०७८, आइतबार  १२ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।