सोमबार सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी


सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार १०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदी प्रतितोला १ हजार १९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ रचाँदीतोलाको १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।