शिवम् सिमेन्टले तिरेन विगत पाँच वर्षदेखि विद्युत् महसुल, साढे दुई अर्ब उठाउन बाँकी

0
Shares

शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौंडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सो रकम नतिरेको हो ।

डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ ।

प्राधिकरणले महसुल बापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक पत्र पठाएपनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहले जानकारी दिए ।

प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत् लाइन काटिदिने बताउँदै आए पनि हालसम्म पनि विद्युत् आपूर्ति बन्द गर्न सकेको छैन । सो बक्यौता रकम तिर्न प्राधिकरणले केन्द्रीय कार्यालयसम्म जानकारी गराएपनि हालसम्म रकम उठ्न नसकेको प्रमुख साहको भनाइ छ ।

सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो । तर हालसम्म पनि उक्त रकम तिरेको छैन ।

सिमेन्टको अध्यक्षमा सुरेन्द्र कुमार गोयल रहेका छन् । यस्ता अन्य सञ्चालककहरुमा रोहित गुप्ता, रघुनन्दन मरु, सन्दिप कुमार सारदा, अमित मोर, अल्का गोयल रहेका छन् ।

कम्पनीको सञ्चालकमा लब्धप्रतिष्ठित र ख्याति कमाएका धरानाका ब्यक्तिहरु भएपनि सरकारलाई बुझाउनुपर्ने विद्युत महसुल भने पाँच वर्षदेखि तिरेका छैनन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।