सिटिजन्स म्युचुअल फण्डको दुबै योजनाको बुकक्लोज तय

0
Shares

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले प्रस्तावित प्रतिफल वितरणका लागि इकाईधनी दर्ता पुस्तिका बन्द गर्ने मिति (बुकक्लोज) तोकेको छन् ।

योजना व्यवस्थापक सिबिआइएल क्यापिटलको सञ्चालक सकितिको बैठकले दुबै फण्डको भदौ २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यसअनुसार भदौ २३ गते बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम रहने इकाईधनीहरुले मात्र सम्बन्धीत म्युचुअल फण्डको नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७७।७८ बाट सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीलाई समान कर सहित ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।