न्यादी हाइड्रोपावरको आईपीओ भर्न छुट्यो कि ! आज अन्तिम दिन

0
Shares

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको आईपीओमा आज कार्यालय समयपश्चात बन्द हुँदैछ ।

आईपीओमा भदौ १५ गते मंगललबार कार्यालय समयभित्र आवेदन दिन सकिने व्यवस्था छ ।जसमा न्यूनतम १० कित्ता र अधिकतम अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ ।

कम्पनीको आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन बुझ्ने व्यवस्था गरेको छ ।

कम्पनीले कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं ३ ९ साविक खुदी गाविसका वडा नं १, २, ३ र ६ मात्र तथा मस्र्याङ्दी गाउँपालिका वडा नं ६, ७ र ८ ९ साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाहरु का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर निष्कासन गरेको हो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गरेको छ ।

आईपीओमा भदौ १३ गते आइतबारसम्म ३८ करोड ६२ लाख ४४ हजार ८०० रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले भदौ १ गतेदेखि स्थानीय र संस्थापक शेयरधनीहरुका लागि शेयर जारी गरेको थियो ।

आईपीओ बिक्री खुला भएको १३ दिनमा १५ हजार ३६८ जना आवेदकहरूबाट ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि आवेदन माग भएको कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल लिमिटेडले जनाएको छ । जसमध्ये आयोजना प्रभावित २ हजार ३०८ वटा आवेदनबाट ११ लाख १७ हजार २१ कित्ताका लागि र १३ हजार ६० जना लमजुङ्गबासीहरुबाट २७ लाख ४५ हजार ४२७ कित्ताको माग भएको छ ।

आइतबार मात्रै ३ हजार ९१ वटा आवेदन मार्फत ८ करोड ६१ लाख ६९ हजार रुपैयाँ मूल्यका ८ लाख ६१ हजार ६९० कित्ताको माग परेको बिक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीले लमजुङ जिल्लाका बासिनदाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । हालसम्म निष्काशित शेयरको २१४.५८ प्रतिशत शेयर ओभरसब्सक्राइब भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलबार  १० : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।