मालपोतका कर्मचारी घुस लिएको आरोपमा पक्राउ

0
Shares

मालपोत कार्यालय बुटवलका एक कर्मचारी र एक जना लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ गरिएको छ ।
खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई सेवाग्राहीसँग रु एक लाख बीस हजार घुसबापतको रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।।

प्रकाशित मिति: १३ भदौ २०७६, शुक्रबार  ०५ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।