नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ उपहार योजनाका विजेतालाई गाडी हस्तान्तरण गरिएको छ।
यस योजनामा झापा बिर्तामोडका उज्जल अधिकारीले हुन्डाईको ग्रान्ड आई १० गाडी जित्न सफल भएका हुन्। उनलाई एक कार्यक्रमकबीच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर, नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्रप्रसाद श्रेष्ठ र फोनपेका ब्रान्ड एम्बेस्डर सन्दीप क्षेत्रीले गाडी हस्तान्तरण गरे। अधिकारी नबिल बैंकका ग्राहक हुन् ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो योजना गत फाग्न २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो। यस योजनामा नेपालभरिका कुनै पनि बैंकको आफ्नो मोबाइल बैंकिङ एपमार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए।
फोन पे डाइरेक्टमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ। जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ।
फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने ४ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। १ करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत यसले सेवा प्रदान गर्दै आएको छ।
फोन पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भी थ्री.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया