सुनचाँदी दुबैको मूल्य घट्यो

0
Shares


बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ, तेजावी सुनको मूलय ९० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १९५ रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९१ हजार २०० रुपैयाँ, तेजावी ९० हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १६ भाद्र २०७८, बुधबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।