प्रि-ओपनिङ्गमा साढे ३४ लाखको मात्र कारोबार

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा कारोबार रकम उल्लेख्य घटेको छ ।

बिहीबार प्रि-ओपनिङ्गमा ३४ लाख ५८ हजार ५४४ रुपैयाँको मात्र कारोबार भएको हो । यसअघि करोडभन्दा बढीको शेयर कारोबारमा आउने गरेको थियो । बिहीबर भने कारोबार सुस्ताएको हो ।

राष्ट्र बैंकले ठूला लगानीकर्ताकर्ताले शेयर धितोकर्जाको रिसाइकलिङ्ग गरेर लगानी गर्न थालेपछि राष्ट्र बैंकले कडाई गरेपछि बजारमा उत्साहजनक वृद्धि भएको छैन ।

बिहीबारको प्रि ओपनिङ्गमा नेप्से ०.८७ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ९७६ दशमलव १८ अंकमा झरेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज २७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा २७ कम्पनीका ५ हजार ७६ कित्ता शेयर ३४ लाख ५८ हजार ५४४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

बिहीबार शेयर मूल्य बढेका कम्पनीहरुको सूची यस्तो छ:-

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहिबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।