डिप्रोक्स लघुवित्तको २१.०५३ प्रतिशत लाभांश घोषणा

0
Shares

डिप्रोक्स लघुवित्त (DDBL) ले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको बिहिबार सम्पन्न संचालक समितिले कुल २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीलेचुक्ता पूँजीको २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७ सय २२ रुपैयाँ १४ पैसा बराबरको बोनस र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २ सय ९७ रुपैयाँ ८७ पैसा नगद लाभांश बितरणको प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ । हाल कम्पनीक्जो चुक्ता पूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहिबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।