एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares


एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज बिहीबार (भदौ १७ गते) अन्तिम दिन रहेको छ ।

एनएमबी म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेका एनएमबि फिफ्टी र एनएमबी हाइब्रिड फण्ड एल– १ को प्रतिफल सुरक्षित गर्ने आज अन्तितम दिन रहेको हो ।

एनएमबि फिफ्टीले आव २०७७/७८ को लागि इकाई धनीहरुलाई ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल–१ ले २० प्रतिशत प्रतिफल (कर सहित) वितरण गर्ने घोषणा गरेका छन् ।

दुवै फण्डले नगद लाभांश वितरण गर्न शुक्रबार (भदौ २८ गते) बुक क्लोज गर्दै छन् । जस अनुसार आजसम्म नेप्सेमा कायम रहने इकाईधनीले मात्र प्रतिफल पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहिबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।