सिद्धार्थ इन्स्यारेन्सको १२ प्रतिशत बोनस सूचीकृत, कसले पाउँछ ?

0
Shares

सिद्धार्थ इन्स्योरेन्स कम्पनी (SIL) को चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयरसूचीकृत भएको छ ।

इन्सयोरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्बको १२ प्रतिशतले हुन आउने १२ लाख कित्ता बोनस शेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

बिहीबार सूचीकृत भएको शेयर कम्पनीको १९ औं वार्षिक साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।

कम्पनीले जेठ २८ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाका लागि जेठ १४ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार उक्त १२ प्रतिशत बोनस शेयर जेठ १३ गतेसम्म सिद्धार्थ इन्स्योरेन्सको शेयर खरीद गरी सो दिनसम्म शेयरधनी कायम हुन आएका लगानीकर्ताले मात्र पाउनेछन् ।

उक्त बोनस शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि आइतबारदेखि खरीद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहिबार  १५ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।