शुक्रबार चार कम्पनीको मूल्य समायोजन

0
Shares

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

ङादी ग्रुप पावर कम्पनी, अपि पावर कम्पनी, एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० ले गत आव २०७७।७८ बाट प्रस्तावित लाभांशमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार मूल्य समायोजन पश्चात ङादी ग्रुप पावर कम्पनीको ८०७.५० रूपैयाँ, अपि पावर कम्पनीको ४७८.७३ रुपैयाँ, एनएमबि हाइब्रिड फण्ड एल १ को ११.८० रूपैयाँ र एनएमबि ५० को इकाईमूल्य १२.५३ रूपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबार ङादी ग्रुप पावर कम्पनीको ९६९ रुपैयाँ, अपि पावर कम्पनीको ५२९ रुपैयाँ, एनएमबि हाइब्रिड फण्ड एल १ को १३.८० रूपैयाँ र एनएमबि ५० को इकाईमूल्य १५.५३ रूपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले गत आवको नाफाबाट २० प्रतिशत बोनस र अपि पावर कम्पनी लिमिटेडले १०.५ प्रतिशत तथा एनएमबि हाइब्रिड फण्ड एल १ को २० प्रतिशत र एनएमबि ५० को ३० प्रतिशत लाभांश वितरणका लागि तोकिएको बुकक्लोज गरिएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १८ भाद्र २०७८, शुक्रबार  १० : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।