
शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको २०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार तोलाको १०० रुपैयाँले बढेको हो ।
शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ४०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन तोलाको ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुनको मूल्य बढेपनि चाँदी तोलाको १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया