प्रभु बैंक लिमिटेड (PRVU) ले समस्याग्रस्त संस्था क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।
बैंकको भदौ १७ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको २२२ औं बैठकले उक्त निर्णय गरेको हो ।
बैंकको मर्जर एक्विजिसन (प्राप्ती) समितिको सिफारिस बमोजिम बैठकले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र अनुमोदन गर्ने निर्णय गरेको बैंकका सचिव अमित भण्डारीले नोटबजारलाई जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई विसं २०६९ माघ ९ गते समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो । सो संस्थालाई प्रभु बैंकले खरीद गर्ने भएको हो ।
प्रभु बैंकले यसअघि ग्राण्ड बैंक, नेपाल विकास बैंक लगायत थुप्रै समस्याग्रस्त संस्थालाई मर्जर प्राप्ती गरेर कारोबार गरिसकेको छ ।
प्रभु ग्रुप समस्याग्रस्त संस्थलाई प्राप्ती गरेर स्वस्थ स्ंस्थाको रुपमा सञ्चालन गर्न अब्बल सावित हुँदै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया