साउनमा पौने ३ अर्बको जीवन बीमा व्यवसाय विस्तार, नवीकरण बीमाशुल्क साढे १३ अर्बमाथि

0
Shares

जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७८/८९ को पहिलो महिना (साउन) मा २ अर्ब ७४ करोड रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय विस्तार गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ । नेपाल लाइफले यस अवधिमा ५८ करोड रुपैयाँ बीमाशुल्क उठाएको छ ।

नेपाल लाइफ पछि नेशनल लाइफ, प्रभु र युनियन लाइफ इन्सयोरेन्सले धेरै नयाँ व्यवसाय विस्तार गरेका छन् । नेशनलले २५ करोड, प्रभुले २३ करोड र युनियनले १९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

सबैभन्दा थोरै नयाँ व्यवसाय विस्तार गर्ने कम्पनीमा राष्ट्रिय बीमा संस्थान, सानिमा लाइफ, गुराँस लाइफ र प्राइम लाइफ परेका छन् । यी कम्पनीले ५/५ करोड रुपैयाँ मात्रैको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

S.N. Life Insurance Company First Premium collecation Shrawan Rs. Crore 
1 Nepal Life Insurance 58.00
2 National Life Insurance 25.00
3 Prabhu Life Insurance 23.00
4 Union Life Insurance 19.00
5 Citizen Life Insurance 18.00
6 Reliable Nepal Life Insurance 18.00
7 IME Life Insurance 14.00
8 Asian Life Insurance 13.00
9 Met Life Insurance 13.00
10 Jyoti Life Insurance 11.00
11 Surya Life Insurance 11.00
12 Reliance Life Insurance 9.00
13 Sun Nepal Life Insurance 8.00
14 Life Insurance Co. 8.00
15 Mahalaxmi Life Insurance 6.00
16 Rastriya Beema Sansthan 5.00
17 Samima Life Insurance 5.00
18 Gurans Life Insurance 5.00
19 Prime Life Insurance 5.00
  Total 274.00

प्रथम बीमाशुल्क के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमाशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् । त्यस्तै, थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नवीकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नविकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरकरफरक हुन्छ ।

नवीकरण बीमाशुल्क वापत कम्पनीले उठाए १३ अर्ब

चालु आवको पहिलो महिनामा १९ जीवन बीमा कम्पनीले नवीरकण बीमाशुल्क वापत १३ अर्ब ७८ करोड रुपैयाँ संकलन गरेका छन् ।

यस अवधिमा उक्त शिर्षकबाट सबैभन्दा धेरै रकम नेपाल लाइफले उठाएको छ । नेपाल लाइफले नवीकरण बीमाशुल्क वापत ४ अर्ब १८ करोड रुपैयाँ उठाएको छ ।

राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ६८ करोड रुपैयाँ र नेशनल लाइफले एक अर्ब ८ करोड रुपैयाँ नवीकरण बीमाशुलक संकलन गरेका छन् ।

S.N. Life Insurance Company Renewal Premium collecation Sharawan Rs. Crore 
1 Nepal Life Insurance 418.00
2 National Life Insurance 108.00
3 Prabhu Life Insurance 11.00
4 Union Life Insurance 57.00
5 Citizen Life Insurance 26.00
6 Reliable Nepal Life Insurance 12.00
7 IME Life Insurance 20.00
8 Asian Life Insurance 50.00
9 Met Life Insurance 36.00
10 Jyoti Life Insurance 22.00
11 Surya Life Insurance 41.00
12 Reliance Life Insurance 19.00
13 Sun Nepal Life Insurance 13.00
14 Life Insurance Co. 92.00
15 Mahalaxmi Life Insurance 6.00
16 Rastriya Beema Sansthan 368.00
17 Samima Life Insurance 9.00
18 Gurans Life Insurance 35.00
19 Prime Life Insurance 35.00
  Total 1378.00

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १८ भाद्र २०७८, शुक्रबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।