सीआईबिद्धारा बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

0
Shares

बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ परेका छन् ।

उच्च अदालत पाटनले ४ माघ २०७७ मा दोषी ठहर गरी ६० लाख जरिवाना तोकेकोमा फरार रहेका अभियुक्त इलाम जितपुर–४ का ४३ वर्षीय टंकनाथ कट्टेललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

व्युरोले प्रेस विज्ञप्ति जारी गरेको दिएको जानकारी अनुसार अदालतले उनलाई बैंकिङ कसुरमा ६० लाख रुपैयाँ जरिवाना र सात दिन कैद सजाय सुनाएको थियो । तर, फरार रहेका उनलाई १७ भदौमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई झापाको विर्तामोडबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेस गरिएको व्युरोले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १८ भाद्र २०७८, शुक्रबार  १७ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।