नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।
नेप्सेमा शुक्रबार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको २०८३ “ङ” नामक ५ वर्षे अवधिको विकास ऋणपत्र सूचीकृत भएको हो ।
उक्त ऋणपत्रमा लगानी गर्नेले ४.३७ प्रतिशत ब्याज पाउनेछन् । २०८३ साल आसर २३ गते सावाँ भुक्तानी गरिने छ । ब्याज भने अर्धवार्षिक रुपमा पाईने छ ।
नेप्सेमा उक्त ऋणपत्र धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार सूचीकृत भएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया