‘एनएमबि सरल बचत फण्ड ई’ को साढे २ करोड इकाई बिक्री

0
Shares

एनएमबि क्यापिटल लिमिटेडले भदौ १७ गतेदेखि निष्काशनमा ल्याएको सामुहिक लगानी कोष योजना ‘एनएमबि सरल बचत फण्ड ई’ को २ करोड ३२ लाख ६१ हजार ४३० इकाई बिक्री भएको छ ।

योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहीबार र शुक्रबार ३ बजेसम्ममा कुल ४६ हजार ५३७ आवेदनबाट २ करोड ३२ लाख ६१ हजार ४३० इकाई खरीदको माग परेको हो ।

क्यापिटलले भदौ १७ गते देखि खुलामुखी म्युचुअल फण्ड ‘एनएमबि सरल बचत फण्ड ई’ को १० करोड १० करोड इकाईको ४० प्रतिशतले हुन आउने ४ करोड इकाई पहिलो चरणमा बिक्री खुला गरेको हो ।

कुल निष्काशित ४ करोड इकामध्ये कोष प्रवद्र्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी पहिलो चरणमा २ करोड ५० लाख इकाई खरीदका लागि निष्काशन गरिएकोमा दुई दिनमा नै करिब ९३ प्रतिशत इकाई खरीदका लागि माग परेको हो । पहिलो चरणमा निष्काशनमा ल्याएको ४ करोड इकाईभन्दा बढी आवेदन परेको खण्डमा क्यापिटलले दोस्रो चरणमा निष्काशन हुने ६ करोड इकाईबाट समेत इकाई लगानीकर्तालाई वितरण गर्न सक्नेछ ।

लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
फण्डको इकाईमा भदौ २१ गतेसम्म धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयरको वेव तथा मोबाइल एपबाट आवेदन दिन सकिनेछ ।

उक्त समयमा सबै इकाई खरीदको माग नपरेमा भने निष्काशन भदौ ३१ गतेसम्म लम्बिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १८ भाद्र २०७८, शुक्रबार  १७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।