तीन अर्बको लगानीमा इटहरीमा खुल्यो भाटभटेनी सुपर स्टोर

0
Shares

तीन अर्ब रुपैयाँको लागतमा इटहरीमा भाटभटेनी सुपर स्टोर सञ्चालनमा आएको छ । इटहरी चोक देखी २ किलोमिटर पश्चिम पकलीमा शनिबार स्टोरको उद्घाटन गरिएको छ ।

इटहरीको ३५ कट्ठा जमिन सहित ३ अर्बको लगानीमा भाटभटेनी सञ्चालनमा आएको हो । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एक कार्यक्रमका बीच सुपर स्टोरको उद्घाटन गरेका थिए । भाटभटेनीले उद्घाटनका अवसरमा शनिबार अल्कोहल र निकोटिनमा बाहेक अन्य सामानमा १० प्रतिशत र इलेकट्रोनिक सामानमा २० प्रतिशतसम्म छुट दिएको छ ।


सुपर स्टोरको उद्घाटन गर्दै गुरुङले आफू प्रदेश नम्बर १ मै जन्मेको भएर प्रदेशको केन्द्रमा देशकै ठूलो स्टोर खोल्न पाएकोमा खुसी व्यक्त गरे । २०७७ सालमै सञ्चालनमा ल्याउने योजना बनाएको भाटभटेनी कोभिड १९ को महामारीको कारण ढिलो उद्घाटन भएको गुरुङले बताए ।

दुई वर्षमा निर्माण सम्पन्न भएको इटहरीको भाटभटेनीले प्रदेश १ कै उपभोक्तालाई केन्द्रित गरेको छ । ३ वटा भवनमा बाँडफाँड गरिएको भाटभटेनीको हरेक भवनमा बेसमेन्ट सहितका ७ तला छन् ।

सामान खरीद गर्न जाने ग्।ाहकको सुविधाका लागि ५०० गाडी पार्किङ क्षमता रहेको छ भने मनोरञ्जनका लागि ८ सय वर्गफिटका ३ वटा फाउन्टेनको निर्माण गरिएको छ । भाटभटेनीमा कफी पारखीको लागी हिमालय जाबा क्याफे निर्माणाधीन छ ।

पूर्वको धरानबाट सुरु भएको भाटभटेनीको यात्रा विराटनगर हुँदै इटहरीसम्म पुगेको छ । हाल काठमाडौँको टोखा र सानागाउँ सहित हेटौँडा, धनगढी र वीरगन्जमा भवन निर्माणाधीन छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।