हाथवे इन्भेष्टमेन्टले तीन कम्पनीको ५ लाख ५१ हजार कित्ता संस्थापक लिलामीमा बेच्दै

0
Shares

हाथवे इन्भेष्टमेन्ट नेपाल तीन कम्पनीको ५ लाख ५१ हजार कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेका ३ कम्पनीहरु सेञ्चुरी कमर्सियल बैंक, कामना सेवा विकास बैंक र मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

बिक्रीमा ल्याइएको परिमाणमा सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता छ ।

उक्त संस्थापक शेयर खरी दगर्न चाहने लगानीकर्ताले भदौ २० गतेदेखि २७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने हाथवे इन्भेष्टमेन्टले जनाएको छ ।

लिलामीका लागि सेञ्चुरीको प्रतिशेयर न्यूनतम १५० रुपैयाँ, कामना सेवाको २५० रुपैयाँ र मञ्जुश्रीको ३५० रुपैयाँ तोकिएको छ ।

ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंबाट शिलबन्दी बोलपत्र प्राप्त गर्न र बुझाउन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७८, आइतबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।