मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

0
Shares

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) को लिलामी खुला गरिएको ९ हजार १८७ कित्ता संस्थापक शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ १५ गतेदेखि ९ हजार १८७ कित्ता संस्थापक शेयर न्यूनतम मूल्य प्रतिकित्ता ३०० तोकेर लिलामी खुला गरेको थियो ।

इच्छुक लगानीकर्ताले आवेदन गर्ने सयम आइतबार बैंकिङ्ग समयसम्म रहेको छ । न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आफुले खरीद गर्न चाहेको संख्याका लागि बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम शेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले जनाएको छ ।

शिलबन्दी बोलपत्र सोमबार बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा खोलिनेछ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटबाट बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन समिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७८, आइतबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।