शेयर धितोकर्जाको सीमा असरः नेप्से ५ प्रतिशतले घट्यो

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार कारोबारको दुई घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटेको छ । आइतबार १ बजेसम्म नेप्से १४७. ३१ अंकले घटेको हो । बजार खुलेको २ घण्टा नबित्दै नेप्से ५.०३ प्रतिशत घटेपछि नकारात्मकसर्किट ब्रेक लागेको हो।

बजार ५.०३ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।  अब बजार १ः३९ः५५ मा पुनः खुल्नेछ।

यस दिन सो अवधिसम्ममा नेप्से परिसूचकघटेर २७७९.६८ बिन्दुमा झरेको छ ।यस अवधिमा सेन्सेटिभ इण्डेक्स ४.९७ प्रतिशत घटेर ५१४.८४ बिन्दुमा झरेको छ । बजार उच्च अंकले घट्ला लगानीकर्ताको खर्बौ सम्पत्ति गुमेको छ ।

एक बजेसम्म ७ अर्ब १९ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । २१५ कम्पनीका १ करोड ४८ लाख कित्ता शेयर ७९ हजार ९३५ वटा संख्यामा खरीद बिक्री भएको छ ।

नेपाल राष्ट्र बैंकको नीतिका कारण बजार घटेको आरोप लगानीकर्ताको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि मार्जिन प्रकृतिको कर्जामा ४ र १२ करोड रुपैयाँको सीमा लागू गरेको छ । यसले शेयर बजारमा ल्याएको बियरिस टे«न्डले ठूला तथा नयाँ दुबै खाले लगानीकर्तालाई हतोत्साहित बनाएको छ ।

मार्जिन प्रकृतिको कर्जामा लागू भएको व्यवस्था तत्काल खारेजी गर्न लगानीकर्ता संगठनले अर्थमनत्रीलाई समेत भेटेर आग्रह गरेका थिए ।

समाचार तयार पार्दासम्ममा सानिमा लाइफ र मनकामना स्मार्ट लघुवित्तको मात्र मूल्य बढेको छ भने बाँकी १८३ कम्पनीको शेयरमूल्य घटेको छ । ३० कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेर कारोबार भइरहेको छ भने थप ३० कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० भाद्र २०७८, आइतबार  १३ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।