सुजुकीको ‘पर्वोत्सव’ ग्राहक योजनामा २ लाखसम्म छुट अफर

0
Shares

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्जको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।

यो वर्षको दशैं तिहारका लागि लक्षित कम्पनीले आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट पाउन सक्नेछन् । यस्तै १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले क्लियरेन्स मोडेलमा विशेष छुटको व्यवस्था गरेको छ । योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरुमहरुमा लागू हुनेछ ।

सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक–फरक हिसाबका छुटहरु लागू हुनेछन् । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सिआज, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री वितरण गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।