
सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ४००, तेजावी सुनको भाउ ९० हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २३० रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार घटेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया