माथिल्लो छ्याङ्दी खोला जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा

0
Shares

माथिल्लो छ्याङ्दी खोला जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

असोजको पहिलो साताभित्र आयोजनाबाट व्यवसायिक रुपमा उत्पादन सुरु हुनेछ । २०७७ साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि बाढी र पहिरोको विपद्जन्य घटनाले आयोजना निर्माणमा एक वर्षभन्दा धेरै ढिलाइ भएको हो ।

लमजुङको दोर्दी गाउँपालिकाको छ्याङ्दी खोलामा निर्माण सम्पन्न ४ मेगावाटको उक्त आयोजनाको निमार्ण २०७६ वैशाख देखि निर्माण सुरु भएको थियो । कुल ८० करोड ३५ लाख रुपैयाँमा आयोजनाको निर्माण सम्पन्न भएको हो । आयोजनामा बैंक अफ काठमाडौं र कुमारी बैंकले ७५ प्रतिशत (५५ करोड ५० लाख) ऋण लगानी गरेका छन् । आयोजनामा बिओकेले ३३ करोड ३० लाख र कुमारीले २२ करोड २० लाख रुपैयाँ लगानी गरेका छन् भने २५ प्रतिशत स्वपुँजी लगानीबाट जुटाइनेछ ।

आयोजनाबाट वार्षिक २२.३१ गिगावाट घन्टा विद्युत् उत्पादन गर्नेछ । आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणको उदिपुर सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनाले नेपाल प्राधिकरणसँग २०७४ असार २२ गते बर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँको दरमा विद्युत खरीद सम्झौता (पीपीए) भएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७८, सोमबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।