मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले २४ करोड बराबरको २४ लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम २४ करोड रुपैयाँ बराबरको जम्मा २४ लाख कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्ने भएको हो ।
जसमा निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्पूर्ण कार्य गर्नको निमित्त निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा बि.ओ.के.क्यापिटल मार्केट लिमिटेड चयन भइ मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड तथा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड बीच मिति आइतबार द्विपक्षीय सम्झौता भएको छ ।
उक्त सम्भौतामा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर उप्रेती र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरे ।
साथै, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नै गर्ने भएको छ ।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर दोलखा स्थित ५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको कम्पनी हो । २०६७ साल श्रावण ०२ गते स्थापित यस कम्पनीले मिति २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरी सञ्चालनमा आएको हो।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया