नेप्सेमा ३२ लाख इकाई ऋणपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार दुई बैंकको ऋणपत्र सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार प्राइम कर्मसियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको गरी कुल ३१ लाख ९७ हजार बढी कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार प्राइम कमर्सियल बैंकको २४ लाख ४७ हजार ९६३ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको ७ लाख ५० हजार कित्ता गरी ३१ लाख ९७ हजार ९६३ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको “९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिभेन्चर २०७८” अन्र्तगतको ७ लाख ५० हजार कित्ता र प्राइम कर्मसियल बैंकको“८.५ प्रतिशत प्राइम डिभेन्चर २०८५” अन्तर्गतको २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै दुबै बैंकका सोमबार सूचीकृत भएको ऋणपत्र मंगलबार देखि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७८, सोमबार  १८ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।