नर्भिकको सेवामा शिक्षकहरुले १० प्रतिशत छुट पाउने

0
Shares

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ ।
‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो ।

यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ ।

यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनुपर्नेछ ।

नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तिजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ । यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।