
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ४००, तेजाबी सुन ९० हजार ९०० र चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको भइरहेको छ ।
सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ४०० र तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया