नबिल इक्विटी फण्डको ४० र नबिल ब्यालेन्स्ड फण्ड-२ को ३५% लाभांश घोषणा

0
Shares

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजनाहरु नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड-२ ले आफ्ना इकाईधनीहरुलाई गत आवबाट वितरण गर्ने वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

भदौ २२ गते बसेको सञ्चालक समिति नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको बैठकबाट नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई कर सहित ४० प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ ले ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अघिल्लो आव २०७६।७७ बाट नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई कर सहित ४० प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ ले ३५ प्रतिशत नगद लाभांश वितरण गरेका थिए ।

यी दुबै फण्डहरुको कोष प्रबद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २३ भाद्र २०७८, बुधबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।