ओरियन्टल होटलको २४ औँ वार्षिक साधारण सभा आह्वान, शेयरधनीले लाभांश नपाउने

0
Shares

ओरियन्टल होटल्स लिमिटेड (OHL) ले असोज १९ गते मंगलबार २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

होटलले कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौँमा दिनको ११ बजे भर्चुअल माध्यम जुम एमबाट सो सभा सञ्चालन गर्न लागेको हो ।

सभामा गत आव २०७७/७८ बाट कुनैपनि लाभांश प्रस्ताव गरिएको छैन । विश्वमहामारी कोभिड १९ संक्रमणको कारण होटल बन्द रहँदा गत आवमा होटलले २६ करोड ४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो ।

आव २०७५/७६ बाट ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद वितरण गरेको होटलले विगत २ वर्षयता आम्दानी ठप्प हुँदा लाभांश वितरण गर्न सकेको छैन ।

सभाले संस्थापक शेयरधनीको तर्फतबाट ४, सर्वसाधारण शेयरधनीको तर्फबाट २ र एक स्वतन्त्र गरी ७ जना सञ्चालक निर्वाचन गर्ने सभाको कार्यतालिका छ ।

सभामा सञ्चालक समितिको २४ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७।७८ को वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु रहेका छन्।

साधारण सभा प्रयोजनार्थ होटलले असोज ४ देखि १९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार सो भन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ भाद्र २०७८, बिहिबार  ०७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।